एससिटी र नेपाल फाईनान्सबीच सम्झौता, डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने

  २०७७ कार्तिक ४ गते १७:५६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र नेपाल फाईनान्सबीच भुक्तानी र फछ्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न भएको छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजको रजिष्टर्ड कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच स्मार्टच्वाइस टेक्नोलोजिजको तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्के र नेपाल फाईनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

क्रियाशील स्मार्टच्वाइस टेक्नोलोजिजले नेपाल राष्ट्र बैंकको नीति र निर्देशन अनुरुप समग्र भुक्तानी प्रणालीमा नगदको भौतिक प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय कारोबारलाई बढवा दिँदै आएकाे छ । त्यस्तै, नेपाल फाईनान्सले पनि लामो समयदेखि सर्वसाधारणलाई बैंकिङ्ग सेवा पुर्याउदै आएको छ । यससँगै, दुइ कम्पनीकाे सहकार्यबाट मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा थप योगदान पुग्ने विश्वास रहेकाे छ ।

स्मार्टच्वाइस टेक्नोलोजिजसंगको सहकार्यबाट नेपाल फाईनान्सले आफ्ना ग्राहकलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्नेछ । एससिटीसंगको सहकार्यबाट उपलब्ध हुने चिप बेस एटिएम कार्डको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र एटिएम, ई-कमर्स जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने स्मार्टच्वाइस टेक्नोलोजिजका का.मु. प्रमुख कार्यकारी अधिकृत दिपेश मास्केले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.