एनआईसी एशिया बैंककाे लाभांश घोषणा, बाेनस मात्रै १९ प्रतिशत

  २०७७ कार्तिक ४ गते १७:३३     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आव २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीकाे २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कार्तिक ४ गते सम्पन्न बैंकको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकले २० प्रतिशत लाभांशमध्ये १९ प्रतिशत बोनस सेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २३ औं वार्षिक साधारण सभाको स्वीकृत पश्चात् सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

बैंकले अघिल्लो आव २०७५/७६ को नाफाबाट सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश (१० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश) वितरण गरेको थियो ।

बैंकले गत आव २०७६/७७ मा प्रतिसेयर आम्दानी ३१.८९ रूपैयाँ आर्जन गर्न सफल भएको थियो । खुद मुनाफातर्फ बैंकले २.४९ प्रतिशत (रू. ७.५२ करोड) को वृद्धि सहित ३ अर्ब ९ करोड रूपैयाँ आर्जन गरेकाे थियाे ।

बैंकको स्व-पुँजीमा प्रतिफल(आरओई) १९.२६ प्रतिशत रहेको छ र यस बैंक स्व-पुँजी प्रतिफलमा मुलुकका निजी क्षेत्रका बैंकहरू मध्ये प्रथम बैंक रहन सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.