काेराेना संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्न माग

  २०७७ कार्तिक ४ गते १८:२७     विकासन्युज

काठमाडाैं । कोभिड १९ संक्रमणको उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय तत्काल फिर्ता गर्नुपर्ने कांग्रेस नेताहरुले बताएका छन् । नेता प्रकाशमान सिंहले सरकारले गरेको निर्णय संविधान विपरित भएको टिप्पणी गरेका छन् । उनले संविधानले ज्ञारेन्टी गरे अनुसार सरकारले नागरिकको जीवन र स्वास्थ्य सुरक्षा गर्न असफल भएको समेत बताए ।

कोभिड १९ संक्रमण अत्याधिक बढ्दै गएको अवस्थामा सरकार पछाडी हटेर आफ्नो उपचार आफै गर्न भन्नु गैह्रजिम्मेवारपूर्ण कदम भएको पनि उनले बताए ।

नेता सिंहले सरकार कोरोना संक्रमण रोकथाम र नागरिकको जीउने अधिकारको विषयलाई बेवास्ता गर्दै गैह्रजिममेवार रुपमा प्रस्तुत भएको बताएका हुन् । यस्तो निर्णय तुरुन्त फिर्ता गरी कोरोना संक्रमणको स्थितिलाई तत्काल नियन्त्रण गर्न र नागरिकको उपचारको व्यवस्था मिलाउन समेत उनले माग गरे ।

यस्तै कांग्रेस सह-महामन्त्री प्रकाशसरण महतले संविधानले दिएको आधारभुत स्वास्थ्यको अधिकार विपरित सरकारले निर्णय गरेको बताए । जिम्मेवारीबाट पन्छिने गरी आएको सरकारको निर्णय खेदजनक भएको पनि उनले बताए ।

त्यसैले कांग्रेसले दशैंपछि शुरु हुने संसदको विशेष अधिवेशन र सडक मार्फत समेत विरोध गर्ने बताए । सरकारमा बस्नेहरुले राज्यकोषलाई आफुखुशी खर्च गर्न हुने तर जनताको आधारभुत आवश्यकता पूर्ति गर्न तर्फ साधन स्रोत भएन भनेर पन्छिनु गैह्रजिम्मेवारपूर्ण कदम भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.