स्वस्थ रहन दशैंमा के-कस्ता खानेकुरा खाने ? यस्ताे छ पोषणविद् डा. ठकुराठीको सुझाव

  २०७७ कार्तिक ४ गते १४:०४     विकासन्युज

काठमाडौं । कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिएकी छिन् । दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताइन् ।

खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ । कोभिड १९ संक्रमणसँग लडन पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उनले जोड दिएकी छिन् । मासु र दही शरिरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गरिन् ।

तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिडाइजन्य बस्तु नखादा सबैभन्दा राम्रो गर्ने उनको भनाई छ । छोटो अवधिमा अनियन्त्रिक किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरिरमा असजिलो ल्याउने मात्र नभई रोगब्याधी समेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताइन् । मोटो पन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनीको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनले बताइन् । दशैंका बेला मुला, काँक्रो, कागतिको सेवन दैनिक रुपमा गर्नपनि उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.