गुराँस लाइफ इन्स्योरेन्सले घटायो बोनसदर, तोक्यो साधारणसभा र बुक क्लोजको मिति

  २०७७ कार्तिक ४ गते १२:०८     विकासन्युज

काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनीले यसअघि घोषणा गरेकाे बोनसदर घटाएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७४/७५ कोे नाफाबाट ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

जुन कम्पनीले यसअघि घोषणा गरेको भन्दा ५० प्रतिशत कम हो । यसअघि कम्पनीले सेयरधनीलाई चुक्ता पुँजीको १०.५० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको थियो ।

हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ८५ लाख रुपैयाँ रहेको छ । उक्त पुँजीमा शतप्रतिशत हकप्रद सेयर जारी भई नेप्सेमा सूचीकृत भए पश्चात कम्पनीको चुक्ता पुँजी  १ अर्ब ८७ करोड कायम भएकोले बोनसदर घटेको कम्पनीले जनाएको छ ।

त्यसैले, कम्पनीले सोही पुँजी १ अर्ब ८७ करोड रुपैयाँमा ५.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा लगेको छ । साथै, सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको नगद लाभांश सभाले पारित गर्ने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीको १०औं वार्षिक साधारणसभा मंसिर ४ गते बिहीबार बस्दै छ । उक्त सभा सो दिन बिहान साढे १० बजे कम्पनीको प्रधान कार्यालय काठमाडौंको तीनकुनेमा बस्दै छ ।

सभाले लाभांश प्रस्ताव सहित कम्पनीको विभिन्न प्रस्तावलाई पारित गर्ने भएको छ । सभाले सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना गरी कूल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीले कार्त्तिक २० गतेदेखि मंसिर ४ गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएको छ । यससँगै मंसिर १९ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.