नेबिकोको एकैसाथ दश नयाँ प्रोडक्ट बजारमा, ब्रेकफाष्ट सेरेल्सदेखि चकलेटसम्म

  २०७७ कार्तिक ४ गते १२:११     विकासन्युज

काठमाडौं । नेपालको पहिलो विस्कुट तथा कन्फेक्सनरी उद्योग नेबिकोले एकैसाथ दश नया प्रोडक्ट बजारमा बजारमा ल्याएको छ । हालसम्म बिस्कुट, कुकिज र कन्फेक्सनरीजहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको नेबिकोले उत्पादनलाई विविधिकरण गर्दै कात्तिक ४ गतेदेखि ब्रेकफाष्ट सेरेल्स पनि बिक्री वितरण गर्ने भएको छ ।

ब्रेकफाष्ट सेरेलस्मा कर्नफ्लेक्स, ओट्स, र चोकेज रहेको कम्पनीले जनाएको छ । कम्पनीले नेबिको कर्नफ्लेक्स ३०० ग्राममा उपलब्ध गराएको जसको मूल्य २०० रुपैयाँ तोकिएको छ । त्यसैगरी नेबिको चोकोज ३५० ग्रामको मूल्य ३०० रुपैयाँ रहेको छ । नेबिको ओट्स ५०० ग्राम र १ किलोग्राममा छ, जसको मूल्य क्रमशः २०० र ३८० रुपैयाँ रहेको छ ।

त्यसैगरी नेबिकोले प्लाटिनम सेरिज अन्तर्गत अन्तराष्ट्रिय स्तरको पाँचवटा भेराइटिजका कुकिजहरु पनि बजारमा ल्याएको छ । त्यसमा १५० ग्राम वटर कुकिज, १५० ग्राम जिरा कुकिज १२० ग्रामको काजु कुकिज, १२० ग्रामको चकलेट कुकुजी ल्याएको छ । यी सबै कुकुजको मूल्य प्रतिप्याक ५० रुपैयाँ रहेको छ । १५० ग्रामको सुगर फ्रि कुकिजको मूल्य भने ७५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

कम्पनीले नेबिको पपस्टीक–लिच्ची फ्लेवर ललिपप पनि कात्तिक ४ गतेबाट बिक्री गर्ने भएको छ । यसको मूल्य ५ रुपैयाँ राखेको कम्पनीले जनाएको छ ।

उच्च गुणस्तरीय बिस्कुट उत्पादन गर्दै आएको नेबिको थप यी सेगमेन्टमा पनि उपभोक्ताको मन जित्न सक्नेछ भन्नेमा विश्वस्त छ । नयाँ प्रडक्टहरु निकै नै स्वादिलो र स्वस्थकर रहनेमा ढुक्क रहन कम्पनीले उपभोक्तालाई आग्रह गरेको छ ।

स्वदेशी उत्पादनलाई प्रोत्साहन गरौं भन्दै नेबिकोले स्वदेशमा उत्पादित प्रोडक्टलाई माया गरौं, देशलाई आत्मनिर्भर बनाउँ भन्ने नारालाई विगतका केहि वर्षदेखि नै भन्दै आएको छ । सन् १९६४ देखि नेपाली बजारमा गुणस्तरीय उत्पादन तथा बिक्री वितरण शुरु गरेको यस कम्पनी नेपाली बजारमा सबैभन्दा बढी हिस्सा ओगटेको कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.