यूनाइटेड इन्स्योरेन्सको बीमा शुल्क ४४ प्रतिशतले वृद्धि

  २०७७ कार्तिक ३ गते २०:४४     विकासन्युज

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ प्रतिशत बढी बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो तीन महिनाको आवधिमा २६ करोड ७४ लाख बीमा शुल्क आर्जन गरेको हो ।

जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४४.३० प्रतिशतले बढी हो । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७को पहिलो त्रैमासमा १८ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

युनाइटेड इन्स्योरेन्सले गत वर्ष बिमा क्षेत्रमा खारिएका व्यक्तिहरु भित्र्याएपछि कम्पनीको पर्फमेन्समा सुधार आएको हो । उनीहरुकै अथक प्रयासपछि चालू आवको पहिलो त्रैमासमा बिमा शुल्क आर्जनमा वृद्धि भएको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४४ दशमलव ३० प्रतिशतले बिमा शुल्क आर्जन बढेको युनाइटेडकी डेपुटी सीईओ उपासना पौडेलले बताइन् ।

यूनाइटेडले ग्राहकलाई सन्तुष्टी दिलाउँदै र विश्वास जित्दै अघि बढेकाले चालु आवको पहिलो महिनामा ठूलो सफलता मिलेको पौडेलको भनाइ छ । कम्पनीले वर्तमान समयमा ग्राहक सेवा, दाबी भुक्तानी प्रक्रियाका साथै ग्राहकमुखी बजार क्रियाकलापमा व्यापक सुधार गरेको पाैडेले बताइन।

कम्पनीले आगामी दिनमा पनि आफ्ना ग्राहकका लागि सरल र सहज सेवा प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.