बेष्ट फाईनान्स र एससिटि नेटर्वकबीच चिप बेस एटीएम कार्ड सेवा सम्झौता

  २०७७ कार्तिक ३ गते १९:३२     विकासन्युज

काठमाडौं । बेष्ट फाईनान्स कम्पनी र एससिटि नेटर्वक कम्पनीबीच चिप बेस एटिएम कार्ड सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

आज (कार्तिक ३ गते) भएकाे सम्झौंतामा बेष्ट फाईनान्स कम्पनीको तर्फबाट प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी र एससिटी नेटर्वक कम्पनीको तर्फबाट कामू प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले संयूक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सम्झौंतापछि अब एससिटी नेटर्वकसंगको सहकार्यमा सबै प्राबिधिक तयारी पुरा भएपछि बेष्ट फाईनान्सले छिटै आफ्ना ग्राहकलाई चिप बेस एटिएम कार्ड प्रदान गर्ने फाईनान्सका प्रमूख कार्यकारी अधिकृत तोयराज अधिकारी बताए ।

त्यस्तै, यो सहकार्यले कम्पनीले थप उत्कृष्ट सेवा प्रदान गर्ने एससिटी नेटर्वकका कामु प्रमूख कार्यकारी अधिकृत दिपेश मास्केले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.