रिचार्जरमा दशैं बोनान्जा: अफर भित्र पनि अफर

  २०७७ कार्तिक ३ गते १९:०४     विकासन्युज

काठमाडौं । मोबाइल एप रिचार्जरले दशैंलाई लक्षित गर्दै दशैं बोनान्जा, अफर भित्र अफर सुरु गरेको छ । कम्पनिले आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले छुटै छुटको अफर सहित बोनान्जा सुरु गरेको हो ।

दशैंको किनमेल गर्नेहरुलाई सस्तो मूल्यममा सामान उपलब्ध गराउन रिचार्जरले कात्तिक १ गतेदेखि अफर सुरु गरेको हो । अफर अन्तर्गत रिचार्जरबाट विद्युतीय सामान अर्डर गर्दा ग्राहकले ३० प्रतिशतसम्मको छुट पाउने छन् । त्यसै गरी विभिन्न किसिमका मोबाइलको खरिदमा आकर्षक छुटसँगै किस्ताबन्दीको व्यवस्था गरिएको कम्पनिले जनाएकाे छ ।

रिचार्जरबाट १२ बोत्तल बियर अर्डर गर्दा १ बोत्तल बियर निशुल्क उपलब्ध गराउने जनाएको रिचार्जरले लत्ता कपडाका साथै दैनिक उपभोग्य समान पनि भारी छुटमा उपलब्ध गराउने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए ।

काठमाण्डौं भ्याली कोल्डस्टोरसँगको सहकार्यमा रिचार्जरले सुपथ मूल्यमा फ्रोजन फूड पनि उपलब्ध गराउने छ । कतिपय सामाग्रीको खरिदमा ‘बाइ वान गेट वान फ्रि’ को अफर समेत सञ्चालन हुने कम्पनिले बताएकाे छ । यो अफरमा १८ महिनासम्मको किस्ताबन्दीमा सामाग्री किन्न सकिने छ । अफरमा अर्डर गरिएका सामग्री उपत्यकामा २४ घण्टा भित्र डेलिभरी हुने रिचार्जरले जनाएको छ ।

रिचार्जरले ८ घण्टासम्म हात निर्मुलीकरण गराउने स्यानीटाइरको बुकिङ समेत सुरु गरेको छ । उक्त स्यानिटाइजर एक पटक प्रयोग गरे पछि ८ घण्टासम्म हात किटाणुमुक्त हुने भएकाले पटक पटक स्यानिटाइजर प्रयोग गर्नु नपर्ने बताइएको छ ।

रिचार्जरले किटाणु नाश गर्ने बायोटेक मास्क बिक्री वितरण गरिरहेको छ । उक्त मास्कमा प्रयोग भएको डिस्इन्फेक्सन रसायनले मास्कमा नै संक्रमण फैलाउन सक्ने सम्भावित किटाणुको नास गर्नेछ ।

यसका साथै कोरोना संक्रमण नियन्त्रणका लािग रिचार्जरले सुपथ मूल्यमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु मास्क, पञ्जा, थर्मल गन, स्यानिटाइजर, प्रोटेक्सन किट्स लगायत उपलब्ध गराउँदै आएको छ । यसका साथै बीमा, बिजुली, इन्टरनेट, टिभीलगायत सेवाको महसुल भुक्तानी गर्दा रिचार्जरले २० प्रतिशत क्यास प्वाइन्ट दिँदै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.