एनपिएस र एनसीएचएलबीच सहकार्य, डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने

  २०७७ कार्तिक ३ गते १८:०२     विकासन्युज

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन (एनपिएस) र नेपाल क्लियरिङ्ग हाउस बीच नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्ने सम्झौता भएको छ । यससँगै आज (कार्तिक ३ गते) बाट एनपिएसको प्रणाली इन्टिग्रेसन भई सञ्चालनमा आएको छ ।

यी दुइले भुक्तानी पूर्वाधार तथा नेटवर्कमा सहकार्य गरी नेपालको डिजिटल भुक्तानीको इकोसिस्टमलाई थप प्रवर्द्धन गर्न सम्झौता भएकाे हाे ।

उक्त सम्झौता पश्चात् एनपिएसले एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेस(एनपीआई) प्रयोग गरी यस भित्र रहेका एनसीएचएल-आईपीएस तथा कनेक्ट आईपीएस प्रणालीहरु मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानीहरु रियल-टाइम तथा नन-रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्नेछ ।

त्यसैगरी, आउने दिनहरुमा एनसीएचएलले एनपिएसका आधुनिक भुक्तानीका संसाधनहरुको पनि प्रयोग गर्न सक्नेछ ।

एनपिएस र एनसीएचएल दुबै नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (पिएसओ) को अनुमतिपत्र प्राप्त संस्थाहरु हुन् । यसरी दुई पिएसओ बीच सहकार्यको सम्झौता पहिलो पटक भएको हो जसबाट नेपालको भुक्तानी पूर्वधारको क्षेत्रलाई थप विस्तार र अन्तर्बद्धता स्थापनाका लागि बाटो खुल्ला हुने पनि विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.