साेमबार तीन हजार ७९० काेराेना संक्रमित थपिए, उपत्यकामा मात्रै २३८८ थपिए

  २०७७ कार्तिक ३ गते १६:२८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप तीन हजार ७९० जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप तीन हजार ७९० जना र उपत्यकामा मात्र २३८८ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ४० हजार ७ सय ७८ पुगेकाे छ ।

नेपालमा आजसम्म १३ लाख ९१८ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३३५ जना निकाे भएसँगैं हालसम्म ९४ हजार ५ सय १ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १८ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ७५७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.