प्रभु बैंकको नयाँ शाखा रोल्पाको लिवाङमा

  २०७७ कार्तिक ३ गते १५:३०     विकासन्युज

काठमाडौं । प्रभु बैंकले रोल्पा जिल्लाको रोल्पा नगरपालिका वडा नं. ०४ स्थित लिवाङमा २१० औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा उक्त शाखा खोली कार्तिक ३ गतेदेखि सञ्चालनमा ल्याएको हो ।

बैंकको लिवाङ शाखा कार्यालयको उद्घाटन रोल्पा नगरपालिकाका मेयर पुर्ण केसीले गरेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथी पुर्ण के. सीले प्रभु बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

साथै, प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.