टिभिएसले एकैदिन सञ्चालनमा ल्यायाे १२ शोरुम, सङ्ख्या १३२ पुग्याे

  २०७७ कार्तिक ३ गते १२:४९     विकासन्युज

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकैदिन १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो ।

कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् ।

‘आजबाट टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ । अब ‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’, कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले बताए ।

अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.