मेगा बैंकको लिलामीमा राखेको सेयर प्रारम्भिक कटअफ मूल्य निर्धारण, सर्वसाधारणको कति ?

  २०७७ कार्तिक ३ गते १२:३१     विकासन्युज

काठमाडौं । मेगा बैंकले लिलामीमा राखेको सेयरको बोलपत्र खुला गरी प्रारम्भिक कटअफ मूल्य निर्धारण गरेको छ । सेयर लिलामको लागि बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटको अनुसार संस्थापक समूह तर्फको प्रारम्भिक कटअफ मूल्य १०८.११ रुपैयाँ तथा सर्वसाधारण समूहतर्फको २१६ रुपैयाँ कायम भएको छ ।

बैंकको उक्त सेयरमा ५ हजार एक सय ५१ जना आवेदकहरुले आवेदन दिएका दिएका थिए । जसमध्ये संस्थापक समूहतर्फ जम्मा ११९ जना तथा सर्वसाधारण समूहतर्फ ५ हजार ३२ जनाको आवेदन परेको थियो ।

बैंकले असोज ११ गतेदेखि असोज १८ गतेसम्म ११ लाख ३३ हजार ३ सय ४४ कित्ता संस्थापक तथा ७ लाख ७ हजार ३९४ कित्ता सर्वसाधारण सेयर लिलाम बढाबढद्धारा बिक्री खुला गरेको थियो ।

साथै, बैंकले सकेसम्म छिटो अन्तिम कटअफ मूल्य प्रकाशन गर्ने र सोही बमोजिम फिर्ता भुक्तानी समेत वितरण गर्ने जानकारी गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.