आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त

  २०७७ कार्तिक २ गते १९:२६     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कोरोनामुक्त भएका छन् । कार्यकारी निर्देशक पौडेलको आज (कार्तिक २ गते) कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन् ।

उनी कोरोना संक्रमण पुष्टि भएको १७औं दिनपछि संक्रमण मुक्त भएका हुन् । उनलाई गत असोज १५ गते कोरोना पोजेटिभ देखिएको थियो ।

संक्रमण देखिएसँगै उनी हाम आइसोलेशनमा बसेका थिए । होम आइसोलेशनमा बसेको १७ दिन पछि उनी कारोनाबाट मुक्त भएका हुन् ।

कार्तिक १ गते शनिबार स्वाब दिएका पौडेलको कार्तिक २ गते आइतबार नेगेटिभ रिपोर्ट आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.