एभरेष्ट बैंकले पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण ऋण दिने

  २०७७ कार्तिक २ गते १८:४०     विकासन्युज


काठमाडौं । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका किसानलाई सहुलियतपूर्ण व्याजदरमा कृषि ऋण दिने भएको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा उक्त ठाउँका ग्राहकलाई सो सुविधा उपलब्ध गराउने सम्झौता गरेको हो ।

यस सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ ।

सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र पाँचखाल नगरपालिकाका मेयर महेश खरेलले हस्तान्तरण गरेका छन् ।
बैंकले हाल ७ ओटै प्रदेशमा गरी ९८ शाखा कार्यालय , ३० राजश्व सङ्कलन काउन्टर तथा १२९ स्थानमा एटीएम काउन्टर मार्फत बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.