नेपाल बैंकले मेराे सेयर लगायत विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने

  २०७७ कार्तिक २ गते १७:४२     विकासन्युज


काठमाडौं । नेपालकाे पहिलाे बैंक नेपाल बैंकले ग्राहकहरुलाई विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने भएको छ । ८४ औं वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो कात्तिक १ गतेदेखि विभिन्न सेवा सुविधा निशुल्क प्रदान गर्ने भएको हो ।

बैंक बिक्रम संम्वत् १९९४ कार्त्तिक ३० गते लक्ष्मीपूजाको दिन स्थापना भएको हो । आफ्नो स्थापनाको ८४ औं वर्ष प्रवेशको अवसरमा बैंकले ग्राहकलाई कार्तिक १ गतेदेखि निक्षेप खाताहरुमा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डिम्याट एकाउन्ट, मेरो सेयर, सीआश्वा र भिसा डेबिट कार्ड निःशुल्क प्रदान गर्ने भएको छ ।

साथै, ८४औं बार्षिकोत्सवको उपलक्ष्यमा बैंकले विभिन्न कार्यक्रमहरु समेत संचालन गर्ने भएको छ ।

बैंकले हाल ६४ जिल्लामा रहेका आफ्ना १९१ शाखा, १२६ एटिएम तथा ३६ वटा एक्टेन्शन काउण्टर मार्फत् बैंकिङ्ग सुबिधाहरु उपलब्ध गराउँदै आइरहेको छ ।

One comment on "नेपाल बैंकले मेराे सेयर लगायत विभिन्न सेवाहरु निःशुल्क प्रदान गर्ने"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.