एनएमबी बैंकका ग्राहकले सामसङ्ग माेबाइल खरिदमा १० प्रतिशतसम्म छुट पाउने

  २०७७ कार्तिक २ गते १७:१७     विकासन्युज

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सामसङ्ग माेबाइल किन्दा १० प्रतिशतसम्म वा एक हजारसम्म नगद फिर्ता पाउने भएका छन् । जसकाे लागि एनएमबी बैंक र आईएमएसबीच बैंकको कार्ड प्रयोग गरी खरिद गर्दा मेगाडिल अन्तर्गत विशेष छुट र दशैं नगद फिर्ता अफर प्रदान गर्ने विषयमा द्विपक्षिय समझदारी भएको हाे ।

समझदारीपत्रमा एनएमबी बैंकका तर्फबाट प्रमुख-रिटेल बैंकिङ्ग रोशन रेग्मी र आईएमएसका तर्फबाट प्रबन्धक-सेल्स र अपरेशन नारायण भुषालले हस्ताक्षर गरेका छन् ।

यसपालीको दशैंमा नयाँ मोबाईल खरिद गर्ने चाहना साकार होस् भन्ने उद्देश्यसाथ आईएमएसले यो अभियान शुरू गरेकाे हो ।

एनएमबि बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महाअफर अन्तर्गत ग्राहकले  सामसङ्ग मोबाईलको प्रत्येक खरीदमा १० प्रतिशतसम्म छुट वा एक हजारसम्म नगद फिर्ता पाउन सक्नेछन् ।

एनएमबि बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरुको मजबुत सञ्जाल मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.