मेरोब्राण्ड अनलाईन सपिङ संचालनमा, मगाएको भन्दा फरक परे फिर्ता गर्ने सुविधा पनि

  २०७७ कार्तिक २ गते १६:५७     विकासन्युज

काठमाडौं । नेपाली ईकमर्स बजारमा मेरोब्राण्ड डटकमले आफ्नो कारोबार सुरु गरेको छ । अनलाईन सपिङको बजारमा उपभोक्तालाई नयाँ अनुभव प्रदान गर्ने उदेश्यका साथ मेरोब्राण्ड डटकम संचालनमा आएको हो ।

निकै लामो गृहकार्य पश्चात मेरोब्राण्ड डट कम बजारमा उपस्थिती जनाएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार विष्टले बताए । बजारमा उपभोक्ताहरुले आफुले खोजेको ब्राण्ड न्युनतम मुल्यमा उपलब्ध गराउने कम्पनीको योजना रहेको सिइओ विष्टको भनाइ छ ।

काठमाण्डौ उपत्यकाभित्र १ दिनमै डेलिभरी गराउने कम्पनीको दाबी छ । अनलाईन सपिङ गर्दा उपभोक्ताले सोचेकै गुणस्तरीय सामाग्री उपलब्ध गराउने र त्यसबाट अनलाईन सपिङप्रति आमउपभोक्ताको विश्वसनीयता बढाउन रोल मोडल बन्ने कम्पनीको लक्ष्य रहेको सिईओ विष्टले बताए ।

आम उपभोक्ताले मेरोब्राण्ड डटकममा लगइन गरी आफुले चाहेको बस्तु खरिद गर्न सक्ने छन् । उपभोक्ताले बस्तु खरिद गर्दा क्यास अनडेलीभरी अनलाईन ट्रान्सफर वा भिसा कार्डबाट पनि रकम तिर्न सकिने सहज ब्यबस्था मिलाइएको कम्पनीले जानकारी दिएको छ । मेरो ब्राण्ड तपाईको आफ्नै ब्राण्ड भन्ने नाराका साथ सुरु गरेको मेरोब्राण्ड अनलाईन सपिङ उपभोक्तालाई अपनत्व कायम गराउने दाबी गरिएको छ । यस अनलाइन प्ल्याटफर्ममा विभिन्न ब्राण्ड तथा भेराइटीका गुणस्तरीय सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराइएको कम्पनीको सिइओ बिष्टले जानकारी दिए ।

दशैको घटस्थापना को विशेष अवसरमा सुरु गरिएको मेरोब्राण्ड डट कममार्फत खरिद गर्दा सामग्रीहरुमा दोहोरो छुट तथा अफरको सुविधाहरु पनि उपलब्ध गराएको छ । अर्डर पश्चात सर्वसुलभ भुक्तानी तथा छिटोभन्दा छिटो होम डेलीभरीको सुविधा समेत उपलब्ध गराउने कम्पनीको योजना रहेको छ । मगाएको सामान आफुले भने बमोजिम नभएमा ७ दिनभित्र फिर्ता गर्न सकिने रिटर्न पोलिसी समेत उपलब्ध गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.