काेराेना सुरक्षा र माेवाइल बैकिङ सिकाउँदै नबिल बैंक, भाइरल बन्यो दशैं भिडियाे

  २०७७ कार्तिक २ गते १६:२२     विकासन्युज

काठमाडौं । विश्वव्यापी रूपमा फैलिएकाे कोरोना भाइरस (काेभिड १९) संक्रमणकाे पीडा, वालबालिकाकाे चाहाना र माेवाइल बैकिङ सुविधाले दिएकाे खुशी समेटेर नबिल बैंकले तयार पारेको सन्देशमूलक भिडियो भाइरल बनेको छ । डिजिटल बैंकिङ्गलाई प्रवद्र्धन गर्नको लागि तयार पारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।

बैंकले दशैंको पहिलो दिन अर्थात घटस्थापनाको दिन उक्त भिडियो सार्वजनिक गरेको थियो । सार्वजनिक भएको पहिलो दिनमै उक्त भिडियोले धेरैको मन जित्न सफल भएको थियो । सार्वजनिक भएको दुई दिन नबित्दै ३ लाख बढीले साे भिडियाे हेरिसकेका छन् ।

यो लेख तयार पार्दासम्म नबिल बैंकको फेसबुक पेजमा अपलोड भएको उक्त भिडियो ३ लाख १९ हजार बढीले हेरेका छन् । त्यस्तै, ८ हजार जनाले उक्त भिडियो मन पराएका छन् भने ३ हजार बढीले मन पराएर सेयर गरेका छन् ।

उक्त सन्देशमूलक भिडियो कम बजेट र थोरै समयमा बनाइएको नबिल बैंकका ल्यायबिलिटी म्यानेजमेन्ट हेड कृष्ण सुवेदीले बताएका छन् ।

‘कोरोना महामारीको अवस्थामा आम नागरिकलाई के कसरी सन्देश दिने भन्नेका साथै बैंकको प्रमोट कसरी भन्नेमा थियौं । र, यो अवस्थामा यो भिडियो बनायौं । छोटो समय र कम लागतमा बनेको यो भिडियोले छोटो समयमै आम नागरिकको मन जित्न सफल भएको छ’, उनले उत्साहित हुँदै विकासन्युजसँग भने ।

के छ त भिडियोमा ?

भिडियोमा आमा (सुधा), बुबा  र छोरी (दिवस्ना)को अभिनय मार्फत ग्राहक तथा आम नागरिकलाई सन्देश दिन खोजिएको छ । जसमा बुबालाई कोरोना संक्रमण भएको देख्न सकिन्छ । बुबालाई कोरोना संक्रमण पुष्टि भएसँगै परिवारमा अर्थात आमा छोरी मानसिक तनावमा भएपनि आमाले छोरीलाई सान्त्वना दिन खोज्छिन् ।

यससँगै, छोरीले आफूमा भएको पीडा साथीसँग सेयर गर्दै यसपाली दशैं आएको जस्तो नलागेको बताउँछिन् । र, साथीले पनि केही हुँदैन भन्दै उनलाई सान्त्वना दिन खोज्छिन् ।

छोरीले साथीसँग गरेको सबै कुरा बुबाले आईसोलेशनबाटै सुनिरहेका हुन्छन् । र, उनले डेभिट कार्ड तथा डिजिटल बैंकिङ मार्फत छोरीलाई नयाँ लुगा अर्डर गर्छन् ।

डिजिटल बैंकिङमार्फत होम डेलिभरी गरेको सामान छोरीले रिसिभ गर्छिन् । आफूलाई नयाँ लुगा देखेपछि छोरी मख्ख पर्दै आमासँग अँगालोमा बाधिन्छिन् । तर, लुगा किनिदिने आफ्नु बुबासँग भने त्यसरी खुशी साट्न सक्दिनन् । कारण थियो कोरोना पोजेटिभ ।

यति मै दुई हप्ता बित्छ । दशैंको टिकाको दिन हुन्छ । आमा छोरी टिका लगाउने सुरसार गरिरहेका हुन्छन् । यतिकैमा बुबाको रिपोर्ट नेगेटिभ आउँछ र तीनै जना खुसीयाली साथ दशैं मनाउँछन् । र, बुबाले छोरीलाई दक्षिणा पनि नगद नदिएर मोबाइल बैंकिङ्ग मार्फत नै दक्षिणा दिन्छन् ।

भिडियाेमा काेभिड संक्रमण हुँदा परिवारबीचकाे सम्बन्ध कस्ताे हुनुपर्छ भन्ने सन्देश पनि दिइएकाे छ । ३ मिनेट २६ सेकेण्डको उक्त भिडियाेले काेमल हृदय भएका मान्छेकाे आँखाबाट आँसु खसाउने छ । र, क्षणभरमै खुशी पनि दिन्छ ।

यस्ताे छ भिडियाे 

Happiness is not defined by boundaries. It is defined by unconditional love and uncompromising support. No matter what keeps us apart, we will always continue to surge together ahead! #NabilBank #LifeAbaDhukka

Happiness is not defined by boundaries. It is defined by unconditional love and uncompromising support. No matter what keeps us apart, we will always continue to surge together ahead! #NabilBank #LifeAbaDhukka

Gepostet von NABIL BANK am Freitag, 16. Oktober 2020

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.