आइतबार दुई हजार ९४२ काेराेना संक्रमित थपिए, उपत्यकामा मात्रै १६९८ थपिए

  २०७७ कार्तिक २ गते १६:२८     विकासन्युज

काठमाडाैं । पछिल्लो २४ घन्टामा नेपालमा थप दुई हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले २४ घन्टामा नेपालमा थप दुई हजार ९४२ जना र उपत्यकामा मात्र १६९८ जनामा काेराेना भेटिएकाे जानकारी दिए ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २ सय ४६ जना पुगेको छ भने सक्रिय स‌ंक्रमितकाे संख्या ३९ हजार ३ सय ४१ पुगेकाे छ ।

नेपालमा आजसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । यस्तै आज २३२६ जना निकाे भएसँगैं हालसम्म ९२ हजार १ सय ६६ जना निकाे भएर घर गइसकेका छन ।

पछिल्लाे २४ घण्टामा १२ जनाकाे मृत्‍यु भएसँगै नेपालमा मृत्‍यु हुनेकाे संख्या ७३९ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.