कोभिड संक्रमण जोखिमकै बीच बढ्यो बैंकहरुमा भिड, दशैं र निषेधाज्ञाको हल्लाले पैसा झिक्ने बढे

  २०७७ कार्तिक २ गते १४:५९     विकासन्युज

काठमाडौं । दशैं नजिकिएपछि कोभिड संक्रमण जोखिमका बाबजुदपनि बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको घुइचो बढेको छ ।

बैंकहरुले सबै शाखाकार्यालयहरु मार्फत सेवा दिएपनि पैसा राख्ने र झिक्नेहरुको संख्या बढेकाले भिडभाड बढेको देखिन्छ । दशैं नजिकिदै गर्दा पैसा झिक्नेहरुको संख्या बढेकोले पनि भिड बढेको देखिएको हो ।

कतिपय बैंक तथा वित्तीय संस्थामा पैसा झिक्नेहरुको लाइन सडकसम्मै आएको देखिएको छ । कतिपय बैंकहरुमा कोभिड संक्रमणको कारण पनि सबै कर्मचारीहरु राखेर पूर्णरुपमा सेवा दिन नपाएकाले भिडभाड बढेको बैंकर्सहरु बताउँछन् ।

बैंकहरुले डिजिटल बैंकिङ मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएपनि त्यसको पहुँच सबै ग्राहकमा नहुँदा पैसा निकाल्नका लागि बैंक सम्म पुग्नै पर्ने बाध्यता रहेको छ । यस्तै, संक्रमण बढ्दै गएको अवस्थामा फेरि पनि निषेधाज्ञा हुने हल्लाका कारण मानिसहरु पैसाको जोहो गर्न बैंकसम्म पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.