दशैंमा मासु सस्ताे हुने, तीन संस्थाले १ लाख २२ हजार खशीबाेका भित्र्याउँदै

  २०७७ कार्तिक २ गते १४:३४     विकासन्युज

काठमाडाैं । यस वर्षकाे दशैंमा खशीबाेका सस्ताे हुने भएकाे छ । दशैंका लागि तीन वटा संस्थाले १ लाख २२ हजार भन्दा बढी खशीबाेका काठमाडाैं भित्र्याउन लागेकाे पशुसेवा विभागले जानकारी दिएकाे छ । माेफसलका स्थानीय व्यापारीहरूले पनि धेरै खशीबाेका राजधानी ल्याएर बेच्ने गरेका छन् भने दशैंकाे पूर्वाद्धमा भारतबाट पनि खशीबाेकाे आयात हुने गरेकाे छ।  

हेफर इन्टरनेशनल नेपालले दशै तिहार छठ लक्षित गरी काठमाण्डौँ उपत्यकामा ४६ हजार ४७४ खशी बोका आपूर्तिको तयारी गरेकाे  विभागले जनाएकाे छ । याे संस्थाले किसानलाई खशीबाेका पालनमा सहयाेग गर्दै आएकाे छ ।

हेफर इन्टरनेशनले अर्घाखाँचीबाट ३८२९, बाँकेबाट २३३६,  वर्दियाबाट१९३०, चितवनबाट ४६००, दाङ्गबाट २१००, धादिङ्गबाट ६१९५, कपिलवस्तुबाट ६००, नवलपरासीबाट ५८११, महोत्तरींबाट ३६०, नुवाकोटबाट २५८०, पाल्पाबाट २४८०, प्युठानबाट २१५०, रौतहटबाट ४९५०, रुपन्देहीबाट ६००, सर्लाहीबाट १३८०, सिन्धुलीबाट ७८०, सुर्खेतबाट ३७९३ गरी जम्मा ४६४७४ खसीबोकाको काठमाण्डौँ उपत्यकामा आपूर्ति गर्ने जानकारी विभागलाई दिएकाे छ ।

नेपाल   व्यवसायिक वाख्रापालक  महासंघले दशैका लागि ४६ हजार खसीबोका आपूर्ति गर्ने भएकाे छ । दशै बजारका लागि काठमाण्डौँमा प्रदेश नं १, २, ३, ५, ६, ७ बाट क्रमश: १०,०००, ५०००,१२,०००, ५०००, ७०००, ७००० गरी कुल ४६,००० खसीबोकाको आपूर्ति हुने र उक्त खसी वोका काठमाण्डौँ उपत्यकाका कोटेश्वर, गोंगवु र सल्लाघारी स्थानवाट बिक्री गर्ने याेजना रहेकाे छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित गरी १४०० च्यांङ्ग्रा रु १५०० खसी बोका काठमाण्डौँ उपत्यकाका लागि ल्याउने योजना रहेको छ ।

दशैकाे समयमा दैनिक एक हजार देखि १२ खसीबोका, ५०० टन कुखुरा र १५० वटा राँगा तथा भैसी माग हुने गरेकाे विभावले जनाएकाे छ । त्यस्तै कुखुराको अण्डा दैनिक २६ लाख गोटा खपत हुने गरेको छ । वंगुरको मासुको हकमा दशै तिहारमा ६-७ मेट्रिकटन दैनिक खपत हुने गरेको छ । यस आ.व मा भाद्र महिना सम्मको तथ्यांक अनुसार खसी बोका १८४२ वटा,  राँगा भैसी ९०० र  खाने माछा  ३५३ मे.ट आयात भएको देखिन्छ ।

गुणस्तर चेकजाँच हुने

पशुसेवा विभागलेपशुपन्छी, बजार अनुगमन तथा गुणस्तर नियमन गर्न बजारमा भित्रिएका तथा बिक्री वितरणको लागि राखिएका पशुपन्छीको स्वास्थ्य अवस्थाको चेकजाँच, आवश्यकता अनुसार  नमूना संकलन, रोग निदान र उपचारमा सहयोग गर्ने भएकाे छ ।  दशैं, तिहार र छठ नेपालको महत्वपूर्ण चार्डपर्वहरुमा पशुपन्छी तथा माछाको विभिन्न परिकारलाई विशेष महत्त्वको रुपमा खाने चलन भएकाले आम उपभोक्ताहरुलाई स्वच्छ, स्वस्थ्य एवं गुणस्तरिय पशुपन्छी, पशुपन्छीजन्य उत्पादनहरुको उपलब्धता सुनिश्चित गर्न चेकजाँच र उपचार गर्न लागेकाे विभागले जनाएकाे छ ।

चाडपर्व लक्षित पशुपन्छी, पशुपन्छी जन्य उत्पादन आपूर्ति, बजार अनुगमनका लागि  ३८ जना जनशक्ति परिचालन गरिने छ जसमा ४ जना बरिष्ठ पशु चिकित्सक एव बरिष्ठ अधिकृत रहने छन भने २० जना पशु चिकित्सक  १४ जना प्राविधिक जनशक्ति रहने विभागले जनाएकाे छ ।

विभागले कलंकी खसी बजार र वल्खु माछा बजार, चाल्नाखेल राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसीबजार, सल्लाघरी खसी बजार, वालाजु  वाइपास नाका, नाकामा होल्डिङ्ग तथा संकलन  भएका पशुपन्छीको  स्वास्थ्य परिक्षण  कार्यक्रम गरिने छ । राँगाभैसी, खसीबोका नाका  र  वजारमा  पशुस्वास्थ्य कर्मी उपलव्ध गराई क्लिनिकल परिक्षण सेवा उपलव्ध गराउने, स्वस्थ पशुलाई हरियो रंग र रोगी पशुलाई  रातो रंगले संकेत गर्ने व्यवस्था मिलाउने, रोगी  पशुको उपचारको व्यवस्था गर्ने, आवश्यकता अनुसार रोग निदानका लागि नमुना संकलन गर्ने छ

। पशु स्वास्थ्य तथा पशुसेवा ऐन २०५५ तथा नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ बमोजिम उपत्यका लगायत प्रमुख शहर बजारमा आपूर्ति हुने पशुवस्तुको स्वास्थ्य परीक्षण, गाडीमा आएको पशुपन्छीहरुको पशुपन्छी, माछा ढुवानी तथा पशु कल्याणका मापदण्ड पुरा गरे नगरेको चेकजाँच गर्ने, बजारमा पशुजन्य तथा मत्स्यजन्य उत्पादनहरुको गुणस्तर नियमनका लागि नमुना संकलन तथा परीक्षण, बजारमा आपूर्तिका लागि  ल्याइएका  पशुवस्तुहरुमा रोग तथा संक्रमणको  निगरानी  तथा  क्वारेन्टाइनको व्यवस्थापन, मुख्य नाका तथा बजार, स्थानहरुमा पशुपन्छी, माछा, पशुजन्य मत्स्यजन्य पदार्थहरुको तथ्याङ्क संकलन  तथा रिपोर्टिङ्ग गर्ने र केन्द्रिय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला (जनस्वास्थ्य शाखा ) अन्तर्गत काठमाण्डौ उपत्यकामा ५०-६० वटा मासु पसल अनुगमन गर्ने र नियमित तथ्यांक/सूचनाको आदानप्रदान गर्ने कार्यक्रम रहेको छ।

पशु सेवा विभाग, महानगरपालिका, नगरपालिका, तथा सुरक्षा निकायको समन्वय सहकार्यमा मिति २०७७/०७/१ देखि २०७७/७/९ सम्म दक्षिणकाली नाका, वालाजु वाईपास एवं साँगा नाकामा आवश्यकता अनुसार अस्थायी पशु क्वारेंटाइन स्थापना गर्न र आवश्यक कार्यका लागि  टोली  परिचालन गरिने  कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.