दशैंका व्यापारी लुडो खेल्न व्यस्त

  २०७७ कार्तिक २ गते १२:५५     सन्ताेष राेकाया

काठमाडौं । मैतिदेवीमा कपडाको व्यापार गर्दै आएका झापाका प्रेम श्रेष्ठलाई यो बेला सामान बिक्री गर्न भ्याइनभ्याई हुन्थ्यो । अघिल्ला वर्षहरुको दशैंमा उनी सामान ओसारपसार र कपडा बिक्री गर्नमै उनको दैनिकी बित्थ्यो भने दैनिक लाखौंको व्यापार हुन्थ्यो ।

उनलाई दशैं आउन एक महिना अगाडि खाना खान पनि समय हुन्थेन । बिहानै खोलेको पसल राति अबेरसम्म खुला नै राख्नु पर्थ्यो । पसलमा सामान किन्ने ग्राहकको बाक्लो भिड लाग्थ्यो । ग्राहकले पनि छानी–छानी लुगा किनेर लैजान्थे । उनको पसलमा सामान भरिएर खुट्टा टेक्ने सजिलो ठाउँ पाइन्थेन ।

उनले अन्य दुई चभार जना सहकर्मीहरु पनि सँगै व्यापार गर्न राखेका हुन्थे । तर, यो वर्ष उनीसँग न उनका सहकर्मी छन् न उनी व्यस्त देखिन्छन् नत पसल भरि सामान छ ।

दशैं शुरु भइसकेको छ । धेरै मानिसले काठमाडौं उपत्यका छोडिसकेका छन् । तर, उनको पसल भने सनसान जस्तै छ । उनी दिनभर सँगैको पसलेसँग लुडो खेल्दै दिन बिताउँछन् ।

उनको पसलमा दैनिक दुई चार जना मात्र ग्राहक आउँछन् त्यसमा पनि धेरै सामान मन नपराएर फर्कन्छन् । उनी भन्छन्, ‘अहिले ग्राहकलाई न सामान राज्ने विकल्प छ, सकभर ग्राहक नै आउँदैनन् आएपनि सामान मन नपराएर फर्कछन्, दिनभरी पसल खुला राखेर कहिल्यै न एक रुपैयाँ कारोबार नगरेर फर्किनु पर्छ ।’

नेपालीहरुको महान चाँड दशैं शुरु भइसक्दा पनि यो वर्ष खासै उत्साह भने देखिँदैन । नयाँ लुगा लगाउने, मीठो खाने चाँडका रुपमासमेत परिचित दशैं व्यापार व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो । दशैंमा खसी–बोकादेखि लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधनसम्मको बिक्रीमा बहार आउने गर्छ।

मैतिदेवीकै कृष्ण उप्रेती पनि अघिल्ला वर्षहरुको दशैंमा धेरै व्यस्त हुन्थे । तर, यसपालिको दशैंम भने उनी व्यस्त देखिँदैनन् ।

‘अघिल्ला वर्षमा दैनिक ७०/८० हजारको व्यापार गर्थेँ, पहिला ग्राहक आएर बस्ने ठाउँ हुँदैनथ्यो तर अहिले ५ हजारको सामान बिक्री हुन पनि गाह्रो छ,’ उनले भने ।

उनका अनुसार अहिले सामानको अभाव पनि भएको बताए । उनलेव्यापार नहुँदा बैंकको किस्ता तथा व्याज पनि तिर्न समस्या भएको बताए ।
अघिल्ला वर्षहरुमा दशैं आउन एक महिना मात्र बाँकी रहँदा आम नागरिकमा उत्साह र बजारमा त्यतिकै चहलपहल हुन्थ्यो । मानिसहरु सपिङ गर्न ब्यस्त हुन्थे भने गाउँ लैजानका लागि सामान तयार पारेर बसेका हुन्थे । धेरैले बस वा जहाजको टिकट पनि बुकिङ गरिसकेका हुन्थे । त्यो माहोल यो दशैंमा भने देख्न पाइएन ।

राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले यस वर्ष धेरै जसो नागरिक कोरोना भाइरसको कारण घरबाट बाहिर ननिस्किएकोले पनि व्यापार नभएकोबताए । उनले धेरै मानिस त काठमाडौंमै बसको र घर नजाने हुनाले सपिङ पनि नगरेकोले व्यापार नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.