नेपाल-भारत नाकामा तस्कर र प्रहरीबिच भिडन्तः असई मारिए, जवान बेपत्ता

  २०७७ कार्तिक २ गते १२:२९     विकासन्युज

धनगढी । धनगढी उपमहानगरपालिका-१२ जुगेडा स्थित अस्थायी प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरिक्षक मृत फेला परेका छन् । हिजो रातिदेखि बेपत्ता भएका असइ गोविन्द बिकको शव आज बिहान सीमा नाकामा मोहना नदीमा फेला परको बताइएको छ ।

उनीसंगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साँउद भने फेला परेका छैनन् । चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजेदेखि सम्पर्क विहिन भएका थिए ।

आज बिहान उनीहरुको खोजी गर्दा चौकीबाट एक किमीको दूरीमा उनीहरु चढेको मोटरसाईकल फेला परेको र करिब तीन किमीको दूरीमा रहेको मोहना नदीमा शव फेला परेको छ ।

प्रहरी नायव महाननिरिक्षक उत्तम सुवेदी सहितको प्रहरीको टोली घटनास्थल पुगेको छ । प्रहरीले तस्करहरुसंगको भीडन्तमा उनीहरु मारिएको हुनसक्ने आशंका गरेको भए पनि अहिले जिल्ला प्रहरी कार्यलय कैलालीको टोली घटना स्थलमा पुगी सकेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रहरी निरिक्षक दान बहादुर रोकाएले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.