एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन किन्दा नगद फिर्ता पाउने

  २०७७ कार्तिक १ गते २२:२३     विकासन्युज

काठमाडौं । एनएमबी बैंकका ग्राहकले सीजीका उत्पादन खरिद गर्दा नगद फिर्ता पाउने भएका छन् । जसको लागि दुई संस्थाबीच द्धिपक्षीय समक्षदारी भएको छ ।

यससँगै एनएमबी बैंकका ग्राहकहरुले सीजीको कुनै पनि उत्पादन एनएमबि बैंकको कार्डबाट खरिद गर्दा मेगाडिल अन्तर्गत एनएमबी दशैं नगद फिर्ता अफर पाउने भएका हुन् ।

एनएमबी बैंक भिसा डेबिट र क्रेडिट कार्डको साथ दशैं महा अफर अन्तर्गत ग्राहकले सीजीका उत्पादनहरूको प्रत्येक खरीदमा ४० प्रतिशतसम्म बचत गर्न सक्नेछन् ।

यसपालिको दशैं किनमेलमा सजिलो होस् भन्ने उद्देश्यसाथ सीजीले यो अभियान शुरु गरेको हो ।

एनएमबी बैंकले १८६ शाखाहरु, ६ विस्तारित काउन्टरहरु र १३५ एटीएमहरु मार्फत ग्राहकहरुलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.