दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै १ सय ५० दृष्टिविहीनलाई राहत उपलब्ध

  २०७७ कार्तिक १ गते १८:२७     विकासन्युज

काठमाडौं । दशैंको बेला भोकै बस्नु नपरोस् भन्दै अभियान्ताहरुले दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराएका छन् । कोभिड–१९ को कारण अप्ठेरो अवस्थामा रहेका करिब १ सय ५० दृष्टिविहीनहरुका लागि अभियान्ताहरुले राहतस्वरुप खाद्यन्न उपलब्ध गराएका छन् ।

शनिबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बस्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको हो । महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाहरुको सहयोगमा उपत्यकामा बसोबास गर्दै आएका दृष्टिविहीनहरुलाई खाद्यन्न सहयोग उपलब्ध गराइएको अभियान्ताहरुले बताएका छन् ।

सामाजिक अभियान्ता बिमल पन्तले दशैंको बेला खानेकुराको समस्या नहोस भन्ने उद्देश्यले महानगरीय प्रहरी आयुक्तको कार्यालय र विभिन्न संघसंस्थाको सहयोगमा करिब १ सय ५० दृष्टिविहीहरुलाई खाद्यान्न सहयोग गरिएको बताए ।

कुनैपनि आयस्रोत नभएका र सडकमा गीत गाएर संकलन गरेको रकमबाट जीविको पार्जन गर्दै आएका दृष्टिविहीनहरुका लागि राहत उपलब्ध गराइएको पन्तले बताए । राहतस्वरुप १५ दिनलाई पुग्ने नुन, तेल, दाल, चामल उपलब्ध गराइएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.