स्वदेश फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको सहयाेग

  २०७७ कार्तिक १ गते १७:३८     विकासन्युज

काठमाडौं । फुटबल खेल्न नेपाल आएका विदेशी खेलाडीलाई शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो ब्याचले आर्थिक सहयोग गरेको छ । लिग सकिए पनि नेपालमा नै रहेका तर कोरोना भाइरसका कारण फर्किन नपाएका विदेशी खेलाडीलाई एन्फाको पहिलो ब्याचको अगुवाइमा आर्थिक सहयोग गरिएको हो ।

आर्थिक हिसाबमा समेत आप्ठेरो अवस्थामा भएका खेलाडीहरुलाई सहयोग गरिएको बताइएको छ । विभिन्न माध्ययमबाट संकलन गरिएको रकमलाई दिपकुमार राई र एम्फा एकेडेमीका पहिलो ब्याचका खेलाडीको हातबाट विदेशी खेलाडीलाई हस्तान्तरण गरिएको हो । सयहोग पाएका विदेशी खेलाडी फ्लोरेन्ट कोआरले अप्ठेरो परेको बेला सहयोग पाउँदा खुशि लागेको बताए ।

२७ जना खेलाडीलाई आर्थिक सहयोग गरिएको छ । आर्थिक सहयकोका लागि अमेरीकामा बस्दै आएका विभिन्न पूर्व खेलाडीको सहयोगमा कुल तीन लाख ७ हजार रुपैयाँ प्रदान गरिएको हो । जसमा एक जना खेलाडीले १२ हजार रुपैयाँको दरले पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.