घुस लिएको अभियोगमा रुपन्देहीका वन रक्षक विश्वकर्मा पक्राउ

  २०७७ कार्तिक १ गते १६:२१     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबडिभिजन वन कार्यालयल मुर्गिया रुपन्देहीका वन रक्षक प्रेमचन्द्र विश्वकर्मालाई १२ हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार पुर्जीवाला चिरान काठ ओसारपसार गर्न सहयोग गरेबापत घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट गएको टोलीले आज पक्राउ गरेको हो ।

आयोगका अनुसार उनलाई रुपन्देही सैनामैना नगरपालिका-६ स्थित कलौनी चोकबाट पक्राउ गरिएको हो ।

यस्तै, आयोगले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हबल्दार शिवचन्द्र सहनी र निजकी श्रीमती निर्मला केवटलाई चार लाख रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

थुनामा रहेका आरोपीलाई छुटाइदिन सहयोग गरेबापत सेवाग्राहीसँग घुस मागेको अभियोगमा शुक्रबार सियारी गाउँपालिका–७ स्थित खनाल मिठाई पसल नजीकैबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई शुक्रबार पक्राउ गरिएको भए पनि अनुसन्धान जारी रहेकाले आज सार्वजनिक गरिएको आयोगले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.