माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा स्थगित, अन्तरिम नगद लाभांश वितरण गर्ने !

  २०७७ कार्तिक १ गते १०:३१     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकको आगामी कात्तिक ६ गते हुने भनिएको २२औं वार्षिक साधारण सभा स्थगित भएको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

कोभिड कहरको संक्रमणमा भईरहेको वृद्धि तथा आसन्न चाडपर्वको कारण सेयरधनीलाई साधारण सभामा भाग लिन कठिनाई हुने परिस्थितीलाई ध्यानमा राखी बैंकले उक्त साधारण सभा हाललाई स्थगित गर्ने निर्णय गरिएको हो । बैंकको २२ औं साधारण सभा कात्तिक ६ गते बिहीबारका दिन होटेल पोखरा ग्राण्ड, पार्दि, पोखरा, कास्कीमा गर्ने तय भएको थियो ।

साथै, बैंकको पछि बस्ने बाईसौं वार्षिक साधारण सभाबाट अनुमोदन गराउने गरी हाललाई २४ करोड १० लाख ८० हजार रुपैयाँ (अर्थात चुक्ता पुँजीको २.८५ प्रतिशतका दरले) अन्तरिम नगद लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकमा स्वीकृतिको लागि पेश गर्ने निर्णय पनि बैंकले गरेको छ । उक्त साधारण सभा स्थगित हुँदा कोभिड कहरको कारण सेयरधनीहरुलाई परेको आर्थिक प्रभाव एवं आसन्न चाडपर्व समेतलाई मध्यनजर गरी बैंकले उक्त निर्णय गरेकाे हाे ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पुँजीको ३.३७ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) र ७.०३ प्रतिशत बोनस सेयर वार्षिक साधारण सभाबाट पारित गरी वितरण गर्ने प्रस्ताव गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.