सनराइज बैंक चाडवाड विशेष योजना: २० जनालाई स्मार्टफाेन, पहिलाे मोबाइल टपअपमा १०० क्यास ब्याक

  २०७७ असोज ३० गते २०:१२     विकासन्युज

काठमाडौं । स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आगामी चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवानसफ्टसँग सहकार्य गरी यस योजना ल्याएको हो ।

यस योजना अन्तर्गत सनराइजले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यशाली ग्राहकहरुलाई एक/एक थान स्मार्ट फोन प्रदान गर्ने बैंकले जनाएको छ । साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम रु. १०० क्यास ब्याक गर्ने व्यवस्था समेत बैंकले गरेकाे छ ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा कार्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.