काेभिड विरामीलाई रेम्डेसिभिर औषधि बेच्न खुला, तर औषधिले काम नगरेकाे डब्लुएचओकाे निष्कर्ष

  २०७७ असोज ३० गते १९:१८     विकासन्युज

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले  प्रभावकारी नहुने भनेकाे औषधि नेपाल सरकारले औषधि आयात तथा बिक्री वितरण खुला गरेकाे छ । सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमित विरामीलाई रिम्डेसिभिर औषधि  प्रयाेग गर्न पनि सुझाव दिएकाे छ ।

सरकारले रिम्डेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न तीन कम्पनीलाई अनुमति समेत दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गाैतमले रिम्डेसिभिर औषधि आयात तथा विक्री वितरणकाे अनुमति दिएकाे बताए ।

अनुमति पाउनेमा दुई नेपाली र एक भारतीय कम्पनी रहेकाे छन् । गाैतमका अनुसार नेपालका दुई कम्पनी यती फार्माकेम डिस्ट्रिब्युटर्स प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिज प्राइभेट लिमिटेड काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेडलाई रेम्डेसिभिर आयात तथा बिक्री वितरणका लागि अनुमति दिइएको छ ।

प्रवक्ता प्राडा. गाैतमले रेम्डिेसिभिरकाे मूल्य ६ हजार ७००  रूपैयाँ ताेकेकाे पनि बताए ।

तर सरकारले रेम्डेसिभिरलाई  प्रयाेगमा ल्याउन खाेज्दै गर्दा विश्व स्वास्थ्य संगठनकाे अध्यायनले भने यसले मानिसकाे मृत्‍यु कम गर्ने  काम नगरेकाे बताएकाे छ ।संगठनकाे अध्यायनले उक्त औषधिले बिरामीको स्वास्थ्यमा खासै कुनै सुधार ल्याउन नसकेको निष्कर्ष निकालेकाे छ ।

विश्व स्वास्थ्य संगठनले शुक्रबार भनेकाे छ, ‘गम्भीर विरामी भइ अस्पताल भर्ना भएका विरामीलाई रिम्डेसिभिर औषधि दिँदा यसबाट विरामी ज्यान बचेकाे छैन, भ्याडेलेशनमा लैजानु नपरेकाे अवस्था पनि छैन र विरामीकाे अस्पताल बसाइ अवधि छाेटाे भएकाे पनि छैन ।’

राष्ट्रिय शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बास्ताेलाकाे अनुसार रेम्डेसिभिर एन्टिबायाेटिक ड्रग हाे । यसअघि कोरोना भाइरसको बिरामीका लागि प्रभावकारी मानिएकाे रेम्डेसिभिर भने विश्व स्वास्थ्य संगठनकाे अध्यनले समेत प्रभावकारी  नभएकाे देखिएकाे बास्ताेलाले पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.