​​​​​​​बजारमा चहलपहल देखिएपनि व्यापार छैन: व्यवसायी

  २०७७ असोज ३० गते १४:३९     विकासन्युज

काठमाडाैं । दशैं नजिकिएसँगै बजारमा चहलपहल बढेको देखिएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् । काठमाडौं उपत्यकाकाका मुख्य बजार क्षेत्र, न्यूरोड, महावौद्ध, इन्द्रचोक, असन, मखन टोल लगायतको क्षेत्रमा दशैं नजिकिएसँगै किनमेल गर्नेहरुको चहलपहल बढेको देखिन्छ ।

कोभिड-१९ संक्रमणको जोखिम भएपनि मानिसहरु आवस्यक सामग्री किनमेल गर्नका लागि बजार पुग्ने गरेका छन् । जसका कारण मुख्यु मुख्य बजार क्षेत्रमा चहलपहल विस्तारै बढ्दै गएको छ । बजारमा मानिसहरुको आवागमन बढेको भएपनि व्यापार नभएको व्यवसायीहरुले बताएका छन् ।

न्यूरोड मखनटोल स्थित सुरज आर्केड व्यापार संघका महासचिव सुरेश श्रेष्ठले व्यापार नै नहुँदा कतिपय व्यापारीहरु पलायन हुने स्थितिमा पुगेको बताउनुभयो । कोभिड १९ रोकथामका लागि लामो समय लकडाउन हुँदा समेत सरकारबाट कुनै राहत नपाएको गुनासो समेत उहाँले गर्नुभयो । अहिले व्यवसाय खुल्ला भएपनि तीन/चार दिनमा एकपटक मात्रै बोहनी हुने गरेको उनले बताउनुभयो । दशैंको बेलामा पनि व्यापार नहुँदा झनै समस्यामा परेको श्रेष्ठले बताए ।

कोभिड संक्रमणको जोखिमका कारण भिडभाड हुने बजार क्षेत्रमा नजान सरकारले आग्रह गरिरहेको छ । यस्तो समयमा अत्यावस्यक बाहेकका सामग्री खरिद गर्न मानिसहरु बजार गएको पनि देखिदैन । त्यसैले पनि लत्ताकपडा, जुत्ता, मोबाइल, गरगहना लगायतको व्यापार कम भएको व्यापारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.