सानिमा जनरल इन्स्योरेन्सको आईपीओ बाँडफाँड भोलि, कति बजे ?

  २०७७ असोज २९ गते १९:११     विकासन्युज

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले निष्काशन गरेको साधारण सेयर (आईपीओ) भोलि शुक्रबार (असोज ३० गते) बाँडफाँड हुने भएको छ । आईपीओ भोलि बिहान साढे ८ बजे बाँडफाँड हुने सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जानकारी गराएको छ ।

क्यापिटलका अनुसार कम्पनीले निष्काशन गरेको आईपीओमा ८२ हजार ७ सय ३ जनाले एक करोड ८९ लाख ७५ हजार ६० कित्ता सेयरको लागि आवेदन दिएका थिए । जुन कम्पनीले माग गरेको भन्दा ६.९५ गुणा बढी हो ।

कम्पनीले  (असोज २१ गते) देखि प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरको ३० लाख कित्ता अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ बिक्रीमा राखेको हो ।

कूल ३० लाख कित्ता साधारण सेयर मध्ये ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । त्यसपछि बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणमा बिक्री गरेकाे हाे ।

यससँगै, लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेकाे थियाे । ७० करोड रुपैयाँ रहेको कम्पनीको चुक्ता पुँजी आईपीओ बाँडफाँडपछि एक अर्ब रुपैयाँ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.