बलिउड चलचित्र ‘का पे रनसिंगम’ नेपाल र भारतमा एकसाथ रिलिज हुँदै, डिशहोमबाटै हेर्न सकिने

  २०७७ असोज २९ गते १६:३०     विकासन्युज

काठमाडौं । नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको छ । असोज ३० गते रिलिज हुने चलचित्र “का पे रनसिंगम” पे पर भ्यू सुविधा मार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन् ।

तमिल चलचित्र “का पे रनसिंगम” सत्य घटनामा आधारीत, सामाजीक चलचित्र हो जसले दक्षिण भारतीय किसानहरुको कथा बोकेको छ । तमिल नायक विजय सेतुपथि अभिनित यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ३ सो बिहान १० बजे दिउँसो ४ बजे र राती १० बजे हेर्न सकिने छ ।

असोज १६ गते रिलिज भएको चलचित्र “खाली पीली” हेर्न चाहने दर्शकहरुको लागी विहान ७ बजे दिउँसो १ बजे र बेलुकी ७ बजे हेर्न सकिने छ ।

दैनिक ८ शो संचालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा अब दैनिक ६ सो मात्र संचालन हुनेछ । चलचित्र “का पे रनसिंगम” अथवा “खाली पीली” हेर्न, आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी ९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.