भदौ महिनामा जीवन बीमा शुल्क ५२ करोड रुपैयाँले बढ्यो

  २०७७ असोज २९ गते १३:१७     नबिन पाेखरेल

काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा शुल्क एक महिनामा ५२ करोड रुपैयाँले बढेको छ । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले भदौ महिनामा २ अर्ब ७४ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका छन् । गत भदौ महिनामा कम्पनीहरुले २ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए ।

भदौ महिनामा सबैभन्दा धेरै बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । कम्पनीले ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो । साउन महिनामा नेपाल लाइफले ८० करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन थियो ।

एलआइसी नेपालले भदौ महिनामा २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउनमा एलआइसीले ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

राष्ट्रिय बीमा संस्थानले भदौ महिनामा २७ करोड बीमा शुल्क संकलन गरेको छ । संस्थानले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

नेशनल लाइफले भदौ महिनमा २५ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा नेशनल लाइफले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

मेट लाइफले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा मेट लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

एशियन लाइफ इन्स्योरेन्सले भदौ महिनामा १९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा एशियन लाइफले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सूर्या लाइफ इन्स्योरेन्सले भदौ महिनामा ७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

गुराँश लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमाशूल्क संकलन गरेको छ । साउन महिनामा सो कम्पनीले ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा पनि ८ करोड रुपैयाँ नै बीमा शुल्क संकलन गरेको थियो ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा कम्पनीले ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा २५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा युनियनले २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साउन महिनामा सन नेपालले ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो ।

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ९ करोड रुपैयाँ बीमा शुलक संकलन गरेको थियो ।

सिटीजन लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउनमा ९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले साउन महिनामा ३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा ४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत साउन महिनामा २ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलका अनुसार चैत ११ गतेदेखि देशव्यापी रुपमा जारी भएको लकडाउन साउन पहिलो साता नै खुलेका कारण साउन र भदौ महिनामा जीवन बीमा क्षेत्रमा उत्साह देखिएको हो ।

‘चैतदेखि देशव्यापी रुपमा गरिएको लकडाउन साउन पहिलो सातादेखि नै केही सहज भएको थियो, महामारीले पनि बीमाप्रति सकारात्मक भावना जगाएकोले साउन र भदौमा जीवन बीमा गर्नेहरु बढेकोले प्रथम बीमा शुल्क बृद्धि हुँदै गएको देखिन्छ,’ प्रमुख कार्यकारी अधिकृत पौडेलले विकासन्यूजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.