सेन्चुरी रेमिट युएईको दशैं तिहार योजना सार्वजनिक

  २०७७ असोज २९ गते १०:४६     विकासन्युज

युएई । सेन्चुरी बैक अन्तर्गतको सेन्चुरी रेमिट युएईले दशै तिहार योजना सार्वजनिक गरेको छ । यससँगै युएईमा रहेका नेपालीले अल अहलिया एक्सचेन्सको कुनैपनि शाखाबाट सेन्चुरी रेमिटको प्रयोग गरी नेपालमा पैसा पठाउनेहरु योजनामा सहभागी बन्नेछन् ।

योजना अक्टोबर १२ देखि नोभेम्बर २० सम्म चल्नेछ । योजनमा सहभागीमध्येबाट बजेताले ६ वटा स्मार्ट फोन र ४ वटा फिल्पिस ब्राण्डको ३२ इन्चको एलइडी टेलिभिजन उपहार पाउने सेन्चुरी रेमिट युएईका प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

सेन्चुरी रेमिटले विभिन्न समयमा ग्राहक लक्षित योजना ल्याउँदै आएको छ । वैदेशिक रोजगारीमा कमाएको पैसालाई वैद्यानिक र विश्वासिलो माध्यबाट स्वदेशमा पठाउन सेन्चुरी रेमिटले साथ दिँदै आएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.