यूनियन लाईफले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने

  २०७७ असोज २८ गते १८:२९     विकासन्युज

काठमाडौं । यूनियन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट दिने भएको छ । कम्पनीले असोज २८ गतेदेखि आगामी कात्तिक ३० गतेसम्ममा बीमालेखको पूनर्जागरण (नवीकरण) गराएमा लाग्ने बीमा शुल्क ब्याजमा बिमितलाई शतप्रतिशत छुट दिने भएको हो ।

इन्स्योरेन्सबाट जारी भएका बीमालेखहरु अन्तर्गत भुक्तानी गर्नुपर्ने बीमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्यतित भएको अवस्थामा त्यसरी व्यतित भएको बीमालेखको सो अवधिसम्ममा नवीकरण गराएमा कम्पनीले उक्त छुट दिने भएको हो ।

नविकरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने र कम्पनीबाट प्रदान गरिने बोनस समेत प्राप्त जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.