अब सिटिजन्स बैंकका ग्राहकले मोबाइलबाटै मोबाइल बैंकिङ्ग पिन रिसेट गर्न सक्ने

  २०७७ असोज २८ गते १५:११     विकासन्युज


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले अब बैंकमा नगईकन मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ । बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुने भएका छन् ।

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवा प्रदान गनैं र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो ।

बैंकले बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले बैंकले उक्त व्यवस्था मिलाएकाे हाे ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.