नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल प्रकाशित

  २०७७ असोज २८ गते १३:५०     विकासन्युज

काठमाडौं । नेपालको पहिलो इन्सूरेन्स सम्बन्धी अनुसन्धानमूलक जर्नल नेप्लीज जर्नल अफ इन्सुरेन्स एण्ड सोसल सेक्युरिटीको दोश्रो अंक हालसालै प्रकाशन भएको छ ।

हरेक वर्ष प्रकाशन हुने यस जर्नल  सन्  २०१८  र  २०१९  प्रकाशन  भएको हो  भने  आगामी  अंक  २०२०  पनि यसै वर्ष प्रकाशन हुन गइरहेको छ ।

यसको सम्पादक मण्डलमा नेपाल, भारत र युरोपका प्राध्यापक छन् भने सल्लाहकार बोर्डमा अमेरिका, चीन, दक्षिण कोरिया तथा भारतका बीमा क्षेत्रका विज्ञ रहेका छन् ।

यस अंकमा ७ वटा लेखहरु रहेका छन् जसमा अमेरिकी प्रोफसरको एक्चुरी र रिटायरमेन्ट बेनिफिट सम्बन्धी, दुई लेख सामाजिक स्वास्थ्य बीमा सम्बन्धी, चार लेख नेपालको बीमा बजार, ग्राहकको अवधारणा र बैंकको बैकसुरेन्स सम्बन्धी धारणासंग सम्बन्धित रहेका छन् ।

यस जर्नलको उद्देश्य नेपालको बीमा बजारको बारेमा अन्तर्राष्टिय स्तरमा जानकारी दिने, नेपालका र विदेशका बीमा अनुसन्धानकर्ताहरुबीच अपासमा बीमा ज्ञानको आदनप्रदान गर्ने, नेपाली अनुसन्धानकर्ताहरुलाई बीमाको बारेमा अध्ययनका लागि अभिप्रेरित गर्ने बीमाका सरोकारवालाहरुलाई परिष्कृत ज्ञान उपलब्ध गराउने रहेको छ ।

यस  जर्नलको  सम्पादक  मण्डलका  प्रमुख  सम्पादक  प्राडा  फत्तबहादुर  केसी, प्रबन्ध सम्पादकमा डा. रविन्द्र घिमिरे छन् भने सदस्यहरुमा अर्मेनियन स्टेट युनिभर्सिटि, बिरला इन्स्टीच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र नेशनल इन्सुरेन्स एकेडेमीका  प्राध्यापकहरु छन् ।

जर्नललाई सर्वसाधारण सबैले निःशूल्क अध्ययन गर्न सजिलो होस् भनि नेपाल इन्सुरेन्स एण्ड रिस्क म्यानेजमेन्ट एशोसियसनको वेभ पेज (https://nirma.com.np/journal-njiss/) र नेपजोलको वेभपेज (https://www.nepjol.info/index.php/njiss) बाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको प्रबन्ध सम्पादक डा. घिमिरेले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.