रनर मोटरसाईकलको अफरः बाइक किन्दा ५१ हजारसम्मको छुट

  २०७७ असोज २७ गते २१:१७     विकासन्युज

काठमाडौं । बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दशैं तिहारलाई लक्षित गरी भारी नगद छुट सहितको अफर ल्याएको छ । रनर मोटरसाईकलको नेपालका लागी आधिकारिक विक्रेता रमन मोटर्सले रनर मोटरसाईकको खरिदमा ५१ हजारसम्मको भारी छुट दिने भएको हो ।

कम्पनीका अनुसार यो अहिलेसम्मकै उत्कृष्ट अफर रहेको दाबी गरेको छ ।

साथै कम्पनीले मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ । साथै, कुनैपनि पुरानो मोटरसाईकलको एक्स्चेन्ज गर्दा ३० हजार रुपैयाँ न्युनतम मुल्यांकन गरिने छ ।

देशैभरी करिब २२ वटा शोरुमबाट ग्राहकले दशैं तिहार अन्तर्गत ५१ हजार रुपैयाँसम्म छुटका साथ सेल्स, सर्भिस र स्पेयर पार्टसको सुविधा पाउने छन् ।

रमन मोटर्सले हाल ८० सिसिका सस्ता देखि २०० सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.