क्लासिक लिजेन्ड्सले भित्र्यायाे जावा मोटरसाइकल, यस्ताे छ बजार मूल्य

  २०७७ असोज २७ गते २१:०४     विकासन्युज

काठमाडौं । नेपालमा आफ्नो बिक्रीको पदचिह्न विस्तार गर्दै क्लासिक लिजेन्ड्सले नेपालमा जावा मोटरसाइकलको बजार प्रवेश गराएको छ । नेपालमा महिन्द्रा टु व्हीलर्स एन्ड जेनेरेटर्सको आधिकारिक विक्रेता अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिसँगको सहकार्यमा डिलरशीपका बिक्रीकक्षहरूको उद्घाटनको घोषणा गरेको छ ।

अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भर्चुअल रुपमा आयोजित कार्यक्रममा जावा मोटरसाइकलहरूकाे अनावरण गरेका हुन् ।

जावा सिगंल च्यानल एबीएस मोडलको मूल्य ६ लाख ४८ हजार ५ सय रूपैयाँ तथा यसको अर्को भेरिएन्ट जावा डुअल च्यानल एबीएसको मूल्य ६ लाख ७६ हजार ५०० रूपैयाँ तोकिएको छ । जहाँ मोडल जावा फोर्टी र्टु भरियन्टमा आएका छन्, जावा-फोर्टीटु सिंगल च्यानल एबीएस र जावा-फोर्टीटु डुअल च्यानल एबीसीएसको मूल्य क्रमशः ६ लाख २० हजार रूपैयाँ  र ६ लाख ४८ हजार रूपैयाँ रहेको छ ।

नेपालमा जावा तीन रंगका भेरिएन्टमा उपलब्ध हुनेछन्, ब्ल्याक, मरुन र ग्रे । यसैगरी जावा फोर्टी टु ६ रंगका भेरिएन्टमा उपलब्ध हुनेछ ल्युमस लाइम, ह्पालिज् टिल, गलार्टिक ग्रिन, स्टारलाइट ब्लु, कमेड रेड, नेबुला ब्लु । इच्छुक क्रेताहरूले मोटो इंकका नजिकका आधिकारिक शौरुममा जान सक्नेछन् ।

‘हामी आज यस्तो दिनमा छौं, जुन दिनका लागि नेपालका मोटर साइकल चालक (राइडिङ समूह), जावाप्रेमीहरू लामो समयदेखि प्रतीक्षारत थिए, उहाँहरू माझ यी क्लासिक मोटरसाइकल ल्याउन पाउँदा हामी उत्साहित भइरहेका छौं । यो यात्राका लागि एक्लो विचार होइन, जावा एउटा साथीका रूपमा पनि आएको छ । सबैभन्दा अलग कुरा के हो भने जब तपाईंले जावामा हात उठाउनु हुन्छ, त्यसबेला तपाईं इतिहासको एउटा खण्डमा आफ्नो हात राख्दै हुनुहुन्छ । यस मोटरसाइकलले मोटर रेसहरूमा प्रभुत्व जमाएको छ, विश्वभरि थुप्रै पदकहरू जित्यो, मानिसहरूको मन जित्यो र जावालाई आइकनिक बनाउने कुरालाई पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको यसको डिजाईन र प्रदर्शन हो । र जाभाको पुनर्जीवनका पछाडि रहेको क्लासिक लेजेन्ड्सले यी धेरै पक्षहरूलाई कायमै राखेको छ । र, हामीसँग हाम्रो हातमा जे छ, त्यो आधुनिक प्रविधिले भरिएको क्लासिक लुकमा छ । भरपर्दो, अतुलनीय, अटुट जाभा एक क्लासिक र लिजेन्ड्री मोटरसाइकल हो । र, अग्नि समूहका हामी सबै क्लासिक लिजेन्ड्ससँग साझेदारी गरेर नेपालमा यो लिजेन्ड्सलाई अन्ततः नेपालमा ल्याउन पाएकोमा अत्यन्तै गर्वित छौं ।’, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले भने ।

जावा मोटरसाइकलहरु काठमाडौंको उत्तरढोका र टेकुस्थित पूर्णतः नयाँ जावा शोरुमहरूसहित नेपालका प्रमुख सहरहरूमा उपलब्ध हुनेछ भने देशभरि नै अग्नि मोटोइंकका जावा मोटरसाइकल शाखा र डिलरहरू क्रमसः स्थापना गर्दै जाने योजना रहेको छ । काठमाडौं, पोखरा, इटहरी, धरान, नारायणगढ, लहान, बुटवल आदि स्थानमा यी बिक्री कक्षहरू पूर्ण सञ्चालनमा आएसँगै ग्राहकहरूले आफ्नै शहरमा जावा र जावा फोर्टी टु गरी दुई प्रतिष्ठित मोडलहरूको बुकिङ र टेस्ट-राइड गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.