पाटाको सचिव/काेषाध्यक्षमा सुमन पाण्डे निर्वाचित

  २०७७ असोज २७ गते १९:२८     विकासन्युज

काठमाडौं । एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चर प्रा.लि.का अध्यक्ष तथा पाटा नेपाल च्याप्टरका पूर्व अध्यक्ष सुमन पाण्डे पाटाको सचिव /कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । विभिन्न ७७ मुलुकका ६ हजार भन्दा बढि सदस्य रहेको विश्वकै ठूलो पर्यटकीय संघ, प्यासिफिक एसिया ट्राभल एशोसियशन (पाटा) को १२ नोभेम्बरमा भएको अनलाईन चुनावमा पाण्डेले मलेशियन प्रतिद्धन्धी फाईज फधीलिल्लाह माथि विजय प्राप्त गरेका हुन् ।

त्यस्तै भियतनामका उम्मेद्धार हाई होे, कम्बोडियाका प्रतिस्प्रधी डा. सोखोम थोक विरुद्ध उपाध्यक्ष पदमा विजय भएका छन् ।  वर्तमान उपाध्यक्ष सिङ्गापुरका सुन हुवा वोङले पाटाको विधानअनुसार आगामी कार्यकालको अध्यक्षता गर्नुहुनेछ ।

एक्सप्लोर हिमालय ट्राभल एण्ड एड्भेन्चरको अध्यक्षका साथै फिस्टेल एयरका प्रमुख कार्यकारी अधिकृत, सर्मिट एयर, अलफ्ट काठमाण्डौ होटल र छायाँ सेन्टरका सञ्चालक पनि हुन् । पाण्डे यसअघि पाटा नेपाल च्याप्टरको अध्यक्ष, ट्रेकिङ्ग एजेन्टस् एशोसियसन अफ नेपालको अध्यक्ष, उपाध्यक्ष र महासचिव तथा एयरलाईन्स् अपरेटर्स एशोसियसन अफ नेपालको महासचिव, नेपाल पर्यटन वोर्डको कार्यकारी सदस्य समेत भएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.