टिभिएस अपाचेको बिक्री ४० लाख पुग्यो, नेपालमा पनि सफलता चुम्दै

  २०७७ असोज २७ गते १८:१६     विकासन्युज

काठमाडौं । टिभिएस मोटर्स कम्पनीको उत्पादन अपाचे सिरिजले विश्व बजारमा ४० लाख यूनिट बिक्री गर्दै कोशेढुङ्गा भेट्टाएको छ । कम्पनीले सन् २००५ बाट अपाचे सिरिज उत्पादन सुरु गरेको थियो । उत्पादनको १५ वर्षमा नयाँ बेन्चमार्क भेट्टाउन सफल भएको हो ।

नेपालमा पनि जगदम्बा मोटर्सले आधिकारीक बिक्री वितरण गर्दै आएको अपाचे सिरिज निकै सफल मोडलमा पर्छ ।

जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले भने, ‘हामीले अपाचे सिरिजका सबै मोडल नेपालमा बिक्री गर्दै आएका छौं । स्टाइल, पावर र युवा लक्षित डिजायनले अपाचेका हरेका सिरिजले सफलता पाएका छन् । अझै भोलिका दिनमा नेपालमा नै एसेम्बल गरेर ग्राहकको आवस्यकता र चाहना पुरा गर्ने बाटोमा हामी छौं ।

४० लाख यूनिट बिक्री पुरा गरेको खुसीमा कम्पनीले नेपालमा आरटीआर १६० फोर भिको ३ नयाँ भेरियन्ट समेत सार्वजनिक गरेको थियो । भारत वेस कम्पनी टिभिएसले हिजो ९५७ फिट लामो फ्ल्याग फहराएर ४० लाख यूनिट बिक्रीको खुसीयाली मनाएको थियो ।

नेपालमा अहिले अपाचे सिरिजमा आरटीआर १६० टुभी, १६० फोर भी, २०० फोर भी र आरआर ३१० का विभिन्न भेरियन्टहरु बिक्री वितरण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.