तुलसी र पुदिनाको पात सेवनः स्वास्थ्यका लागि यस्तो छ फाइदा

  २०७७ असोज २६ गते १७:२९     विकासन्युज

काठमाडौं । घर आँगनमा मठ बनाएर राखिने तुलसी धार्मिक रुपले महत्वपूर्ण त मानिन्छ नै । यसको वैज्ञानिक महत्व समेत रहेको छ । मात्रा मिलाएर सेवन गर्नाले तुलसी र पुदिना पाचन क्रियाको लागि पनि लाभदायक हुने गर्छ ।

पाचन प्रकृया बढाउन

अहिलेको समयमा अपच हुनेदेखि कब्जियत लगायतका समस्या धेरैमा हुने गरेको छ । पाचनक्रिया सन्तुलित बनाउन तुलसी वा पुदिनाको पात सेवन गर्न विज्ञहरुले सुझाएका छन् । तुलसी र पुदिनाले मुख्यतय शरिरमा उत्पन्न हुने विकार तथा एसिडलाई सन्तुलन राख्दछन् ।

सुगर तथा रक्त संचारलाई उपयोगी

सुगर भएका बिरामी तथा रक्त संचार राम्रो बनाउँन तुलसी तथा पुदिनाको भूमिका महत्वपूर्ण हुन्छ । रक्त संचारमा सघाउने तथा इन्सुलिनको मात्रा मिलाउन तुलसी तथा पुदिन सहयोगी मानिन्छ ।

सर्दी हटाउन

ठन्डी लागेको अवस्थामा समेत तुलसीको सेवन गर्न सकिन्छ । तुलसी तथा पुदिनाले शरिरमा सर्दी लाग्दा त्यसबाट मुक्ति दिलाउन सहयोग गर्ने अध्ययनहरुले देखाएका छन् ।

तनाव कम गर्न

अहिले मानिस विभिन्न किसिमका तनावबाट गुज्रिरहेका छन् । कसैलाई पारिवारीक तनाव छ भने कसैलाई कार्यालयको तनाव भएको हुन सक्छ । अझ कोरोना महामारीपछि त विश्वमा नै तनाव लिनेको संख्यामा वृद्धि भएको छ । यस्तो अवस्थामा तनाव कम गर्न तुलसी तथा पुदिनाकोे सेवन गर्न सकिन्छ ।

अनुहारमा चमक ल्याउन

अनुहारमा चमक ल्याउन पनि पुदिना तथा तुलसीको सेवन गर्नु राम्रो मानिन्छ । अन्य विभिन्न फाइदाहरु रहेका कारण पुदिना तथा तुलसी सकेसम्म दैनिक सेवन गर्नु राम्रो मानिदै आएको छ ।

(अन्तराष्ट्रिय विभिन्न संचारमाध्यमको सहयोगमा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.