धितोपत्र बोर्डले शुरु गर्यो ईआरआरएस प्रणाली, विवरण पेश गर्न कार्यालय धाउनै नपर्ने

  २०७७ असोज २६ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभर सिष्टम(ईआरआरएस) प्रणालीको शुरुवात तथा अनावरण गरेको छ । यससँगै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु अनलाइनबाटै पेश गर्न सक्नेछन् ।

यस व्यवस्थाबाट अब बोर्डबाट इजाजतपत्र प्राप्त संस्था र निश्कासनकर्ता एंव सुचिकृत संगठित संस्थाहरुले भौतिक रुपमा विवरहरु पेश नगरी आफ्नै कार्यालयबाट विद्युतीय माध्यममार्फत आवधिक वित्तीय विवरण तथा अन्य विवरणहरु पेश गर्न सक्ने बोर्डले जनाएको छ ।

यससँगै बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी आधारभूत ज्ञान हाशिल गर्न चाहने स्कूल तथा कलेजका विद्यार्धीहरु र आम लगानीकर्ताहरुलाई लक्षित गरी बोर्डले धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी लगानीकर्ता हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) तयार गरी प्रकाशन गरेको छ ।

विश्व लगानीकर्ता सप्ताह २०२० को तेस्रो कार्यक्रमको रुपमा बोर्डले  हाते पुस्तक तथा उक्त प्रणालीको शुरुवात गरेको हो । बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीकर्ताको लागि हाते पुस्तकको बिमोचन र ईआरआरएस प्रणालीको शुरुवात गरेका हुन् ।

यससँगै, वित्तीय बजार, पुँजी बजार, धितोपत्र बजार, धितोपत्रको प्राथमिक निश्कासन तथा यसको प्रकृया, लगानी योजना तथा प्रक्रिया, सेयरधनीको अधिकार, बजार सहभागी तथा बजार सहभागीले प्रवाह गर्ने सेवा सुविधा, लगानीको मन्त्र, लगानी गर्दा ध्यान दिनुपर्ने पक्षहरु, बारम्बार सोघिने प्रश्नहरु तथा बजारसँग सम्बन्धित उपयोगी शव्दावली आदि समेटिएको धितोपत्र बजार तथा बस्तु विनिमय बजार सम्बन्धी हाते पुस्तक, २०२० (अग्रेजी संस्करण) ले विद्यार्थी, सर्वसाधारण लगानीकर्ता तथा अन्य सरोकारवाला सबैको वित्तीय साक्षरतामा अभिवृद्धि गर्ने र यसबाट लगानी सम्बन्धी सुसूचित निर्णय लिन सहज हुने कुरामा बोर्ड विश्वस्त रहेको छ ।

त्यस्तै नियमन व्यवस्था अनुरुप सुचिकृत संगठित संस्थाले लगानीकर्तालाई उपलब्ध गराउनुपर्ने सूचना, जानकारी तथा विवरण लगानीकर्ताहरुले समेत प्राप्त गर्न सक्ने गरी विकास गरिएको ईआरआरएसको माध्यमबाट आम लगानीकर्ताले न्यून प्रयास तथा लागतमा प्राप्त गर्न सक्षम हुनेछन् । बोर्डले आगामी दिनमा क्रमशः धितोपत्र बजार सम्बन्धी अन्य गतिविधीहरु त्था प्रकृयाहरुलाई पनि प्रविधि मैत्री बनाउंदै लैजाने छ ।

यस प्रणालीको प्रयोगबाट बजारमा सूचना प्रवाह तथा नियमको परिपालना कार्य सहज हुनुका साथै बजार सहभागीहरुको कानुन परिपालना लागतमा कमी आउने बोर्डले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.