जनरल इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार हुने, ओपनिङ् रेञ्ज कति ?

  २०७७ असोज २६ गते १३:०७     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपालको साधारण सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको अंकित मूल्य एक सय रुपैयाँ कायम भएको एक करोड कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यससँगै कम्पनीको उक्त सेयर मंगलबार (असोज २७ गते)देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल जीआईसी दिइएको छ । यससँगै पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता न्युनतम १०१ रुपैयाँदेखि अधिकतम ३०५ रुपैयाँ तोकेको छ ।

यस कम्पनीले सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि कुमारी क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.