२७ दिनपछि डा. केसीले अनसन तोडे, यस्ताे छ ८ बुँदे सहमति

  २०७७ असोज २५ गते १०:२१     विकासन्युज

काठमाडाैं । चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले २७ दिनपछि अनसन तोडेका छन्। शनिवार मध्यराति सरकार र केसी पक्षबीच ८ बुँदे सहमति भएपछि आइतबार बिहान ९ बजे डा.केसीले अनसन तोडेका हुन्।

सरकार र डा. केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमतिमा उल्लेख छ ।

यस्तै चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १०लाई पनि राख्ने सहमतिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.