‘देशको कमजोरीका कारण कोभिडबाट १० लाख मानिसको ज्यान गयो’

  २०७७ असोज २३ गते २०:१०     विकासन्युज

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् ।

‘कोभिड १९ को महाहामारी शुरु भएपछि यसबाट दश लाखभन्दा बढी मानिसको ज्यान गएको छ र यतिधेरै नागरिकको ज्यान जानुमा ती देशको कमजोर अवस्था हो ।’, महासचिव गुटर्रेसले भने ।

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेसले कतिपय नागरिकको स्वास्थ्यमा पहुँच नै नभएको त कतिपय देशमा नागरिकका लागि आवश्यक र पर्याप्त मात्रामा स्वास्थ्यका संरचना तथा सुविधा नै नभएको बताए ।

उनले गत वर्ष आफूले नै विश्वमा स्वास्थ्य सुविधा सबै नागरिकको पहुँचमा नरहेको र महंगो बन्दै गएको स्वस्थ्य सुविधा लिन नागरिकहरुको सामर्थ्य नभएको बताएको स्मरण गरे । यस्तो अवस्थामा अकस्मात कोभिड-१९को महामारी बढ्दै गएपछि यस संरचनाबाट नै धेरै नागरिकले सुविधा पाउन नसकेका उनले बताए ।

नागरिकको स्वास्थ्यमा पहुँच विषयक संयुक्त राष्ट्रसंघीय एक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन् । अहिलेको अवस्थामा नागरिकलाई स्वास्थ्य सुविधामा पहुँच बढाउनुपर्नेमा उनले जोड दिए । उनले विश्वमा दश लाखभन्दा बढी नागरिकको ज्यान गएको भन्दै अबका दिनमा सबै नागरिकलाई स्वास्थ्य सुविधाको उपलब्धताका लागि लाग्न विश्वका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका थिए ।

आफूले गत वर्षमात्र पनि विश्वको कम्तीमा पनि आधाजति जनसंख्या पर्याप्त स्वास्थ्य सुविधाबाट वञ्चित नै हुनुपर्ने अवस्था रहेको कुरा औंल्याएको तर त्यस समयमा कुनै पनि देशले आफ्नो कुरामा ध्यान नदिएको उनले बताए ।

तर अहिले कोभिड १९ को महामारीले यो अवस्था स्पष्ट रुपमा देखिएको उनले बताए । रासस/एएनआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.