वायुसेवा निगमको महाप्रबन्धकमा डिमप्रकाश पौडेल नियुक्त, काे हुन् उनी ?

  २०७७ असोज २३ गते ११:१२     विकासन्युज

काठमाडौं । करिब डेढ वर्षदेखि रिक्त रहेको नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा सरकारले डिमप्रकाश पौडेललाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई चार वर्षका लागि महाप्रबन्धकमा नियुक्त गरेको हाे । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको प्रस्तावमा पौडेललाई महाप्रबन्धक पदमा नियुक्त गरिएको हो ।

पौडेल सरकारले गठन गरेको वायुसेवा निगम सुधारका लागि गठित सुझाव कार्यदलका सदस्य समेत रहेका थिए ।

पौडेल निगमको सदस्य हुनुअघिसम्म बतास अर्गनाइजेसनमा कार्यरत थिए। सरकारले यसअघि नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा सुशिल घिमिरेलाई नियुक्त गरेको थियो। अर्को व्यवस्था नभएसम्मका लागि भन्दै कार्यकारी अधिकारसहित घिमिरेलाई नियुक्त गरिएको थियो।

बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट अध्ययन गरेका पौडेल निगमको बोर्ड सदस्यमा मनोनीत हुनुअघि निजी क्षेत्रका विभिन्न कम्पनीमा काम गर्दथे । उनी चितवन मेडिकल कलेजमा फाइनान्स तथा प्रशासन निर्देशक, ललितपुरमा रहेको नेपाल क्यान्सर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत, दिव्या हर्वासिटिकलका अध्यक्षसमेत हुन् । पर्यटन मन्त्री योगेश भट्टराई प्रसार विभाग प्रमुख हुँदा उनी सदस्य थिए ।

त्यसैगरी पौडेल पोखराको बतास समूहको अटो कम्पनी इस्ट्रन एजेन्सिज् प्रालिका प्रमुख कार्यकारी अधिृकत थिए । याे कम्पनीले भारतीय आइचरका चार पाङ्ग्रे सवारी साधान बिक्री वितरण गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.